काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेललाई तीन मन्त्रीको शपथ गराउने जानकारी गराएका छन् ।
नयाँ सत्ता गठबन्धन बनेसँगै राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरूको शपथका बारेमा जानकारी गराएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेर नयाँ मन्त्रीहरूको शपथ सोमबार नै गराइदिन आग्रह गरेका छन् ।
प्रधानमन्त्री दाहालले तीन जना मन्त्रीलाई सोमबार साँझ नै शपथ गराउने तयारी गर्न राष्ट्रपति पौडेललाई आग्रह गरेको स्रोतले बतायो ।
एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बन्ने पक्का भइसकेको छ।
जसपाले पनि छिट्टै नै मन्त्रीको नाम टुंगो लगाउने तयारी गरेको छ । नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीले सोमबारै गठबन्धनमा सहभागी हुने दलहरू समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।
मन्त्रिपरिषद्मा एमाले, माओवादी, रास्वपा, जसपा,जनमत र नागरिक उन्मुक्ति पार्टीलाई समेट्ने तयारी छ ।
Leave a Reply