Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रबाट तामाङ र रास्वपाबाट अर्याल मन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट उपसभापति डीपी अर्याल र माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने पक्का भएको छ ।

नयाँ सत्ता समीकरणमा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई जना मन्त्री बन्ने पक्का भएको हो ।

नयाँ सत्ता समीकरणमा रास्वपाबाट सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुन चाहेका थिए ।

गृह मन्त्री बन्न चाहेका उनलाई नयाँ सत्ता समीकरणमा रहेका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय दिन नचाहेको स्रोतले बतायो ।

त्यसैले उपसभापति अर्याल सरकारमा सहभागी भएका हुन् । नेकपा एमालेबाट पदम गिरीले शपथ ग्रहण गर्ने छन्। उनीहरुको मन्त्रालय भने टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077