काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेर नयाँ सत्ता गठबन्धन बनेको जानकारी गराएका हुन् ।
कांग्रेससहितको गठबन्धन तोडेर एमाले र रास्वपासहितको सत्ता समीकरण बनाएपछि प्रधानमन्त्री प्रचण्ड शितल निवास पुगेर त्यसको जानकारी राष्ट्रपतिलाई गराएका थिए।
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनको तयारीबारे पनि जानकारी गराएका छन् ।
Leave a Reply