Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • नयाँ गठबन्धनबाट सानो आकारको मन्त्रिपरिषद् बनाउँदै प्रचण्ड

    नयाँ गठबन्धनबाट सानो आकारको मन्त्रिपरिषद् बनाउँदै प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 795
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धनबाट सोमबार सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन्।

    प्रधानमन्त्री प्रचण्डले अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका हुन्।



    नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबाट एक/एक जना मन्त्री बन्दैछन्।



    एमालेबाट प्रमुख सचेतक पदम गिरी मन्त्री हुनेछन्। २०७९ पुस १० गते मन्त्रिपरिषद् गठन हुँदा गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए।

    यससँगै नेपाली कांग्रेसलगायतसँग माओवादीले गरेको सहकार्य टुटेको छ। सरकारमा कांग्रेसका ९,माओवादी केन्द्रका ४ जना मन्त्री छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार