Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्ततः सत्ता गठबन्धन भत्कियो, आजै नयाँ मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सहमति भएको छ ।

स्रोतका अनुसार पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई निरन्तरता दिने विषयमा दुई पार्टीबीच सहमति भएको हो ।

त्यसका लागि आजै नयाँ सरकार बनाउने र एमालेका नेता पनि सहभागी हुने निर्णय भएको छ ।

एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि आजै सरकार परिवर्तन हुने र नयाँ मन्त्रिपरिषद् बन्ने सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

आइतबार रातिसम्म चलेको बैठकमा जुटेको सहमति अनुसार माओवादी केन्द्रले नेपाली कांग्रेससँगको सहकार्य तोड्ने भएको हो । यद्यपि एकपटक प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवासँग आज कुरा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077