Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीले गठबन्धन टुटाए सहकार्य गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' हालको गठबन्धनबाट अलग भए नयाँ ढंगबाट अगाडि बढ्ने निष्कर्ष निकालेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको आकस्मिक सचिवालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

उनले आकस्मिक बैठकका निर्णय सुनाउँदै नेता प्रदिप ज्ञवालीले गठबन्धनमा दरार आएपछि समीक्षा गर्न बैठक बसेको जानकारी दिए ।

‘प्रधानमन्त्रीले चाहनुभयो भने हामी नयाँ ढंगबाट अघि बढ्न तयार छौँ,’ ज्ञवालीले भने । एमालेले आजै नयाँ समीकरण बन्ने संकेत देखाएको छ ।

यता एमालेका नेता सुरेन्द्र पाण्डेयले पनि आजै सरकार परिवर्तन र नयाँ मन्त्री परिषद बन्न लागेको बताए । उनले सानो आकारको मन्त्रीमण्डलले आज सपथ लिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077