Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आग्रह गरेको छ ।

विसं. २०८१ वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि आयोगले दल दर्ता गर्न भनेको हो ।

राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौंमा दल दर्ताका लागि निवेदन दिनुपर्ने आयोगको सूचनामा उल्लेख छ ।

आगामी वैशाख १५ गते इलाम-२ र बझाङ प्रदेशसभा १ मा उपनिर्वाचन हुँदैछ । फागुन २४ गतेदेखि फागुन ३० गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल दर्ता गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077