Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालुवाटारमा माओवादीको पदाधिकारी बैठक पनि जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक पनि बालुवाटारमा बसिरहेको छ ।

वर्तमान सत्ता समीकरण संकटतर्फ धकेलिएपछि माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।

माओवादी र कांग्रेसबीच सत्ता गठबन्धनमा खटपट आएसँगै वैकल्पिक समीकरणबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा माओवादीको पदाधिकारी बैठक बसिरहेको बताइएको छ ।

गएराती माओवादी र एमालेसहितका दलहरुबीच संक्रमणकालीन न्याय र राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा मिलेर जाने समझदारी बनेपछि वर्तमान सत्ता गठबन्धन विघटनउन्मुख बनेको छ ।

उता नेकपा एमालेको सचिवालय बैठक पनि बालकोट जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077