काठमाडौं । साफ यू-१६ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल आफ्नो दोस्रो खेलमा सोमबार भुटानसँग खेल्दैछ ।
खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा अपराह्न ३ बजे शुरु हुनेछ ।
नेपाल दोस्रो खेल जितेर फाइनलमा पुग्ने सम्भावना कायम राख्ने योजनामा हुनेछ ।
नेपाल पहिलो खेलमा बंगलादेशसँग २–० ले पराजित भएको थियो ।
Leave a Reply