काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बसिरहेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच आइतबार अबेर रातिसम्म छलफल भएको थियो।
चार दलबीच संक्रमणकालीन न्याय, राष्ट्रिय सभाको अध्यक्षलगायतका विषयमा छलफल भएको बुझिएको छ । त्यही छलफलमा भएको कुराकानी जानकारी गराउन अध्यक्ष ओलीले सचिवालयको बैठक डाकेको नेताहरूले बताएका छन् ।
तर यता आइतबार राति मात्रै नेकपा माओवादी केन्द्र र नेकपा एमालेसहितका दलहरूबीच नयाँ गठबन्धन बनाउने सहमति भएको खबरहरु बाहिरिएका छन् ।