Online Nepal
  • आइतबार, ६ माघ २०८१
  • प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक

    प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक

    अनलाइन नेपाल
  • आइतबार, २० फाल्गुन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनको बैठक बोलाएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान ८ बजे गठबन्धनको बैठक बोलाइएको हो ।



    राष्ट्रिय सभा अध्यक्षको निर्वाचन, विवादमा परेका मन्त्रीमाथि कारबाही लगायत विषयमा छलफल गर्न प्रचण्डले गठबन्धन बैठक बोलाएका हुन् ।

    राष्ट्रिय सभा अध्यक्षको विषयलाई लिएर सत्ता गठबन्धनमा विवाद भइरहेका बेला प्रचण्डले गठबन्धन बैठक बोलाएका हुन् ।

    फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा लागि अहिलेसम्म गठबन्धनले साझा उम्मेदवार तय गर्न सकेको छैन । राष्ट्रिय सभा अध्यक्षमा सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्र र कांग्रेस दुवैले दाबी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार