Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्ता गठबन्धनको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान ८ बजे गठबन्धनको बैठक बोलाइएको हो ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन, विवादमा परेका मन्त्रीमाथि कारबाही लगायत विषयमा छलफल गर्न प्रचण्डले गठबन्धन बैठक बोलाएका हुन् ।

राष्ट्रिय सभा अध्यक्षको विषयलाई लिएर सत्ता गठबन्धनमा विवाद भइरहेका बेला प्रचण्डले गठबन्धन बैठक बोलाएका हुन् ।

फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा लागि अहिलेसम्म गठबन्धनले साझा उम्मेदवार तय गर्न सकेको छैन । राष्ट्रिय सभा अध्यक्षमा सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्र र कांग्रेस दुवैले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077