Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगर कै क्यान्टिनमा बासी खाना !

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिन नारायणी चमेना गृहमा बासी खाना भेटिएको छ ।

क्यान्टिनको खानाका विषयमा गुनासा आएपछि अनुगमन गर्दा पकौडा बासी पाइएको तथा बासी खाना खुवाउने गरेको पाइएको हो ।

उसलाई कारबाही स्वरुप ५० हजार रुपैयाँ जरिवाना तिराइएको छ । महानगरका अनुसार मूल्यअनुसारको मात्रा उपलब्ध नगराएको, स्वच्छ खाना नभएको गुनासो पहिले पनि आएको थियो ।

अनुगमनपछि खाना बनाउन प्रयोग गरिने तेल बढीमा ४ पटकभन्दा धेरै प्रयोग नगर्न, ताजा र स्वस्च्छ खानेकुरा उपलब्ध गराउन, बासी खानेकुरा नखुवाउन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077