Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरअगाडि कवाडी व्यवसायीहरुको प्रदर्शन

काठमाडौं। कवाडी व्यवसायीहरूले काठमाडौं‌ महानगरपालिका भवन राष्ट्रियसभा गृहअगाडि प्रदर्शन गरेका छन्।

करिब एक सातादेखि आन्दोलित कवाडी व्यवसायीहरूले आफ्नो आन्दोलनलाई जारी राखेका हुन् ।

उनीहरूले महानगरपालिकाको पुरानो कार्यालय रहेको बागदरबार अगाडि प्रदर्शनसहित नाराजुलुस गरेका हुन्।

कवाडी व्यवसायीहरुले ‘फोहोर उठाउनेलाई सम्मान गर, कवाडमाथि डोजर चलाउन बन्द गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

कवाडी व्यवसायी माथि महानगरपालिकाले दमन गरेको भन्दै उनीहरुले विरोध र्‍याली गरेका हुन्।

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र कतै पनि कवाडी व्यवसाय सञ्चालन गर्न नदिने भन्दै कवाडी संकलन केन्द्रका लागि बनाएको टहरामा डोजर चलाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077