काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभामा संसदीय दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ।
एमालेका संघीय संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई राष्ट्रिय सभाको प्रमुख सचेतकमा आइतबार मनोनयन गरेका हुन्।
एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम सोमबार फागुन २१ गतेदेखि लागू हुने गरी प्रमुख सचेतकमा न्यौपानेलाई पार्टी अध्यक्ष ओलीले मनोनयन गरेका हुन् ।
राष्ट्रियसभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आइतबारबाट समाप्त भएकाले सांसद न्यौपानेलाई मनोनयन गरिएको हो।