Online Nepal
  • शनिबार, २२ मंसिर २०८१
  • नेपालको शान्ति प्रक्रिया विश्वका लागि नमुना हो : प्रधानमन्त्री प्रचण्ड

    नेपालको शान्ति प्रक्रिया विश्वका लागि नमुना हो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 666
    SHARES

    दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रिया मुलुककै लागि नमुना भएको बताएका छन् ।

    दाङको देउखुरीस्थित लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनमा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।



    उनले नेपालको शान्ति प्रक्रिया विश्वकै निम्ति मौलिक प्रकृतिको भएको बताए ।



    ‘नेपालको शान्ति प्रक्रिया हामीले गौरव गर्ने खालको छ,’ उनले भने,‘नेपालको राजनीतिक इतिहासमा हामी मात्रै त्यस्तो शक्ति र नेतृत्व हौँ, जसले क्रान्ति र शान्ति दुवैको नेतृत्व गर्ने अवसर प्राप्त गर्‍यौं ।’

    उनले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनी शान्तिको उद्गम भूमि र पुण्यभूमिका रूपमा मात्रै परिचित नभएर क्रान्तिकारी आन्दोलन सुरु गर्ने स्थान पनि भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार