Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालको शान्ति प्रक्रिया विश्वका लागि नमुना हो : प्रधानमन्त्री प्रचण्ड

दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालको शान्ति प्रक्रिया मुलुककै लागि नमुना भएको बताएका छन् ।

दाङको देउखुरीस्थित लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनमा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले नेपालको शान्ति प्रक्रिया विश्वकै निम्ति मौलिक प्रकृतिको भएको बताए ।

‘नेपालको शान्ति प्रक्रिया हामीले गौरव गर्ने खालको छ,’ उनले भने,‘नेपालको राजनीतिक इतिहासमा हामी मात्रै त्यस्तो शक्ति र नेतृत्व हौँ, जसले क्रान्ति र शान्ति दुवैको नेतृत्व गर्ने अवसर प्राप्त गर्‍यौं ।’

उनले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनी शान्तिको उद्गम भूमि र पुण्यभूमिका रूपमा मात्रै परिचित नभएर क्रान्तिकारी आन्दोलन सुरु गर्ने स्थान पनि भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077