Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • ३ करोड भन्दा साना योजना प्रदेशमा पठाउने प्रधानमन्त्री प्रचण्डको घोषणा

    ३ करोड भन्दा साना योजना प्रदेशमा पठाउने प्रधानमन्त्री प्रचण्डको घोषणा

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 756
    SHARES

    बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३ करोड भन्दा साना योजना प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने बताएका छन्।

    लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएकी हुन् ।



    प्रधानमन्त्री प्रचण्डले संविधान बनेको आठ वर्ष पूरा हुँदासमेत संघीयता कार्यान्वयनमा रूचि नदेखिएको तर आफूहरुले त्यसलाई तोड्न खोजेको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘आर्थिक अधिकार प्रदेशलाई दिनै नचाहने, कथं कदाचित केही अधिकार दिइहाले पनि सशर्त अनुदानका नाममा केन्द्रबाटै योजना र बजेट तोकेर पठाउने प्रचलन विगतमा विद्यमान थियो । यसपटक त्यस्तो सोच र परम्परा तोड्ने संकल्प गरिएको छ । अब ३ करोड भन्दा साना योजना प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरिनेछ ।’

    प्रधानमन्त्री प्रचण्डले प्रदेश संरचना संघ र स्थानीय तहलाई जोड्ने सेतु भएको बताउंदै तीन तहको संघीय प्रणालीमा प्रदेशहरूलाई बलियो तुल्याएर मात्र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ हुन सक्ने बताए ।

    आगामी दिनमा संघीयता कार्यान्वयन, विकास र सेवा प्रवाहमा उत्कृष्ट काम गरेर संघीयता विरोधीहरूलाई व्यवहारले जवाफ दिनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार