पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बागलुङको पञ्चकोटमा जारी महायज्ञमा सहभागी भएका छन्।
नेपाली सेनाको हेलिकप्टरमार्फत पञ्चकोट पुगेका प्रधानमन्त्री प्रचण्डले विभिन्न धार्मिक मन्दिर र देवस्थलको अवलोकन गरेका हुन् ।
बागलुङ नगरपालिका-६ पञ्चकोटमा हिन्दु धार्मिक गुरु कमलनयनाचार्यको नेतृत्वमा विभिन्न धार्मिक संरचना बनिरहेको छ ।
पञ्चकोटमा बनेको संरचना अहिले पर्यटकीय गन्तव्यसमेत बनिरहेको छ।
अहिले पञ्चकोटमा ठूलो सम्मेलन सभा हलसमेत तयार हुने गरी विश्वकै ठूलो कलश बनाउन महायज्ञ भइरहेको छ ।
Leave a Reply