Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लुम्बिनी प्रदेशसभा बैठक आज, विशेष सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

बुटवल । लुम्बिनी प्रदेश सभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विशेष सम्बोधन गर्दैछन् ।

तेस्रो अधिवेशनको दोस्रो बैठकलाई आज दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री आउने भएपछि प्रदेश सभा भवन परिसर क्षेत्रमा सरसफाइ देखी आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेपाली सेनाको हेलिकप्टर मार्फत आदर्श नमुना माध्यमिक विद्यालय परिसर क्षेत्रमा ओर्लने र त्यहाँबाट सिँधै प्रदेश सभामा पुगेर प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077