Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच बालुवाटारमा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

सत्ता गठबन्धनका विषयमा अनेक आशङ्का उब्जिरहेको बेला उनीहरुबीच शनिबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा समसामयिक राजनीतिक विषय र आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ ।

पछिल्लो समय राष्ट्रियसभाको अध्यक्षमा गठबन्धनका दुई ठुला दल माओवादी केन्द्र र नेपाली कांग्रेसले दाबी गरेपछि गठबन्धन फुट्न चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077