Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

छोरी जन्माएर मार्ने आमा १७ वर्षपछि प्रहरी फन्दामा

गोरखा । प्रहरीले छोरी जन्माएर मार्ने एक आमालाई १७ वर्षपछि पक्राउ गरेको छ ।

२०६६ साल माघ ७ गते छोरी जन्माएर मारेकी गोरखाको सहिदलखन गाउँपालिका ७ बुंकोटकी ३६ वर्षीया मञ्जु श्रेष्ठ पक्राउ परेकी हुन् ।

उनलाई कैद सजाय असुलका लागि शुक्रबार कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

छोरी जन्म दिएर हत्या गरेको आरोपमा मुद्दा खेपेकी श्रेष्ठलाई गोरखा जिल्ला अदालतले २०६८ सालको माघ ३ गते तीन महिना कैद र पाँच सय रुपैयाँ जरिवाना फैसला गरेको प्रहरीले जनाएको छ ।

मुद्दा पुनरावेदन हुँदा सर्वोच्च अदालतले २०६९ चैत २३ गते उनलाई दुई वर्ष कैद सजाय फैसला गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077