Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

टोखामा एक व्यक्तिले गरे आत्मदाहको प्रयास

काठमाडौं । टोखा नगरपालिका–१ को चेकपोष्ट नजिक जंगलमा एक जना व्यक्तिले आफैंलाई पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका छन् ।

नुवाकोटको लिखु गाउँपलिका–१ स्थायी घर भएका अन्दाजी ३० वर्षीय विकल्प खड्कालाई आफैंलाई आगो लगाएका हुन् ।

खड्कालाई आफैंलाई आगो लगाएको अवस्थामा प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई उद्धार गरेर कीर्तिपुरस्थित बर्न सेन्टरमा लगिएको छ ।

तर, उनको अवस्था गम्भीर रहेको बताईएको छ । आफैं आगो लगाउनुको कारण खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077