Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • पर्वतबाट ३५ तोला सुन र ११ लाखसहित एक पक्राउ

    पर्वतबाट ३५ तोला सुन र ११ लाखसहित एक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 942
    SHARES

    फाइल तस्विर

    पर्वत। विभिन्न जिल्लामा शृंखलाबद्ध रुपमा चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    रोल्पाको रोल्पा नगरपालिका–१ का भरत परियार पर्वतलाई कुश्मा नगरपालिका–९ कटुवाचौपारीबाट बिहीबार राति २ बजे प्रहरीले पक्राउ गरेको हो।



    स्थानीय शर्मिला पौडेलले सञ्चालन गर्दै आएको आशिक एन्ड आशिका किराना पसलबाट १० लाख १७ हजार नगद, १२ हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड, चोरी गर्दै गर्दा स्थानीयले परियारलाई पक्राउ गरेका थिए ।



    उनका साथबाट प्रहरीले ३५ तोला ७२ लाल सुन, ११ लाख १५ हजार चार सय ८५ नगद, नेपाल टेलिकम र एनसेलका ४२ थान रिचार्ज कार्ड बरामद गरेको छ ।

    चोरी गर्ने परियारको साथबाट दुई थान मोबाइल, नेपालको नक्सा एक थान, नेपालको सडकको नक्सा एक थान, हसिया एक थान, निजको नागरिकता, वायरलेस सिसी टिभी क्यामेरा एक थान, हार्डडिक्स एक थान र एलइडी मनिटर एक थान बरामद गरिएको छ ।

    त्यसैगरी चोरी गर्न प्रयोग गरिएको ह्याम्बर, स्क्रुड्राइभर, जीआई पाइप, टर्च विभिन्न चाबीका झुप्पाहरु, चोरी गर्दा प्रयोग गरिने बालक्याप, पञ्जा, पावरबैंक, डिजिटल तौल मेसिन बरामद गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार