Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • क्यासिनो प्यालेसका निर्देशकसहित ३ जनालाई थुनामा पठाउन अदालतको आदेश

    क्यासिनो प्यालेसका निर्देशकसहित ३ जनालाई थुनामा पठाउन अदालतको आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । दरबारमार्गस्थित अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेसका निर्देशकसहित ३ जनालाई अदालतले थुनामा पठाउन आदेश गरेको छ ।

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाले निर्देशक ऋषभ पावा, मार्केटिङ निर्देशक गुलाब सिंह र केज मेनेजर गौरब चोपडालाई पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेका हुन्।



    एटलान्टिक रिक्रियसन प्रालिको नाममा सञ्चालित ‘क्यासिनो प्यालेस’को भूमिगत तलामा उनीहरुले ‘अनलाइन जुवा’ सञ्चालन गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।



    उनीहरुलाई प्रहरीले माघ १८ मा अन्नपूर्ण होटल परिसरमा सञ्चालित क्यासिनोको अण्डरग्राउण्डबाट पक्राउ गरेको थियो। उनीहरु तिनैजना भारतीय नागरिक हुन्।

    उनीहरुविरुद्ध प्रहरीले राष्ट्रबैंक ऐन–२०५८ र अनलाइन जुवा खेलाएको कसुरमा अनुसन्धान गरेर प्रतिवेदन बुझएको थियो ।

    क्यासिनो प्यालेसको अण्डर ग्राउण्ड र ललितपुरस्थित ऋषभ बस्दै आएको हाउजिङबाट प्रहरीले ठुलो परिमाणमा अमेरिकी डलरसहित १३ देशको मुद्रा बरामद गरेको छ ।

    १ करोड ८ लाख ९ हजार ४४५ रुपैयाँ विदेशी मुद्रा र नेपाली नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    बरामद रकममध्ये ५६ हजार ३२२ अमेरिकी डलर छ । बिनय शाह क्यासिनो प्यालेसका मुख्य सञ्चालक हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार