Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले २१ गते संसदमा सम्बोधन गर्ने

    प्रधानमन्त्री प्रचण्डले २१ गते संसदमा सम्बोधन गर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 849
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार फागुन २१ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन् ।



    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेले संसद् सचिवालयलाई पत्र लेख्दै यसबारे जानकारी गराएका छन्।



    विपक्षी दलहरुले बालकुमारीलगायत घटनाका बारेमा सरकारको जवाफ माग्दै आएका छन् ।

    शुक्रबारको बैठकमा समेत एमाले सांसद सूर्यबहादुर थापाले सरकार संसद्प्रति उत्तरदायी नभएको भन्दै संसदमा प्रधानमन्त्रीको खोजी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार