Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • संसद्‌मा एमाले सांसद पन्तको प्रश्न– प्रचण्डलाई दिल्लीको घोडा लेख्दा परराष्ट्र किन बोल्दैन ?

    संसद्‌मा एमाले सांसद पन्तको प्रश्न– प्रचण्डलाई दिल्लीको घोडा लेख्दा परराष्ट्र किन बोल्दैन ?

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 606
    SHARES

    काठमाडौं। नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिल्लीको घोडा लेख्दा परराष्ट्र किन नबोले भन्दै आपत्ति जनाएका छन् ।

    भारतीय सेनाका पूर्वजनरल अशोक मेहताको एउटा लेखमा नेपालका प्रधानमन्त्रीलाई दिल्लीको घोडा भनेर लेखिएको विषयले नेपालको संसद्‌मा प्रवेश पाएको हो ।



    शुक्रवार प्रतिनिधिसभा बैठकको विशेष समयमा एमाले सांसद पन्तले यसबारे कुरा उठाए।



    पन्तले पायोनियरमा २७ फ्रेबुअरीमा अशोक मेहताले लेखेको लेखमा नेपालीको लागि अत्यन्त अपमानजनक र आपत्तिजनक विषय उल्लेख भएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

    सांसद पन्तले भने,‘भारत नेपालमा राइट ट्रयाकमा छ, गठबन्धन सरकारले चीनसँगको सम्झौता रोकेर राखेको छ भन्ने पृष्ठभूमि बाँध्दै उनले लेखेका छन्, प्रधानमन्त्री प्रचण्ड त्यस्तो पात्र हुन्, अहिले दिल्ली चढ्न लायक घोडा र शेरबहादुर देउवा तबलामा राखेको घोडा भनेका छन् । विदेशीले नेपाली प्रधानमन्त्रीलाई घोडाभन्दा परराष्ट्र बोल्नु पर्दैन रु सभापतिलाई घोडा भनिरहँदा कांग्रेसले आपत्ति जनाउनु पर्दैन ?’

    सत्ता गठबन्धन दल पराधीन मानसिकतामा रहेको उनले टिप्पणी गरे । नेपालको प्रधामनन्त्रीलाई अपमानजनक शब्द लेख्दा पनि परराष्ट्र मन्त्रालयले अन्देखा गरेको भन्दै उनले आपत्ति जनाए

    । त्यो लेखमा चीनले नेपाली भूमि मिचेको भनेर लेखिएको उल्लेख गर्दै वास्तविकता सार्वजनिक गर्न माग गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार