Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आजदेखि इलामका ६ पालिकामा खटिँदै रास्वपाका ६ सांसद

काठमाडौं । वैशाख १५ गतेका लागि इलाम-२ मा उपनिर्वाचनको मिति तोकिएसँगै चुनावी सरगर्मी बढेको छ । यहीक्रममा रास्वपाका ६ सांसद आज इलाम जाँदैछन् ।

रास्वपाका अनुसार आज साँझ ६ जना सांसदहरू इलामका विभिन्न ६ पालिकामा पुग्नेछन् । भोलि ती ६ जनै सांसदहरूले इलामका नागरिकहरूसँग अन्तरक्रिया गर्ने र पर्सि फर्किने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।

जसअनुसार सांसद सोबिता गौतम इलाम नगरपालिका, गणेश पराजुली देउमाई नगरपालिका, मनिष झा माई नगरपालिका, अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल माङसेबुङ गाउँपालिका र अशिम शाह फाकफोकथुम गाउँपालिकामा परिचालित हुनेछन् ।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई निर्वाचन कमान्डरका रूपमा इलाम क्षेत्र नम्बर दुईमा खटाउने निर्णय रास्वपाले सअघि नै गरिसकेको छ ।

रास्वपाका अनुसार उनीहरु फागुन १८ गते साँझ पुग्ने छन् भने १९ गते इलाममै रहने र २० गते बिहान ६ पालिकाको कार्यक्रम सकेर काठमाडौं फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077