Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन शिर्ष नेता चितवन आउँदै

    भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन शिर्ष नेता चितवन आउँदै

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 915
    SHARES

    चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा सहभागी हुन शिर्ष नेताहरु आज चितवन आउँदै छन् । औपचारीक रुपमा आजदेखि सुरु हुन लागेको भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा सहभागी हुन शिर्ष नेताहरु यहाँ आउन लागेका हुन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल बिहीवार नै चितवन आइसको छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आउँदै छन् ।



    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुने बताइएको छ । उनी चितवन क्षेत्र नं २ का सांसद समेत हुन् ।



    नारायणी नदी किनारमा हुने भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन भरतपुर महानगरले प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा गरिएको जनाएको छ ।

    उच्च पदस्थ व्यक्तिहरुको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । उद्घाटन समारोहमा करिब ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको उद्घाटन समारोहमा राष्ट्रिय कालकारहरूको प्रस्तुति रहनेछ भने, विभिन्न सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछ ।

    महानगरका गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने, पर्यटकको संख्या र बसाइँ अवधि वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले आयोजना गर्न लागिएको भ्रमण वर्षले यस आसपासका क्षेत्रहरूको आर्थिक तथा पर्यटन क्षेत्रलाई टेवा दिने अपेक्षा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार