Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डीएसपी सरुवामा पनि गृहमन्त्री–आईजीपी टकराव

काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) को सरुवा जस्तै प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवामा पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरबीच टक्कर देखिएको छ ।

जसकारण १३ महिना हुँदा पनि सरुवा हुन सकेको छैन । एक दर्जन पहाडी जिल्लाका प्रमुखसहित करिब ५० कार्यालय प्रमुख हेरफेर हुँदैछ । ५० ठाउँमा दुई सय भन्दा धेरै डीएसपी प्रतिस्पर्धामा छन् ।

कतिसम्म भने गत वर्ष मात्र बढुवा भएका डीएसपीहरू समेत इन्चार्ज माग्दै शक्तिकेन्द्र धाइरहेका छन् । जसकारण सरुवा पेचिलो बनेको हो । सरुवामा भएको ढिलाइले प्रहरी संगठनलाई कमजोर बनाएको छ ।

यस पटकको सरुवामा रसुवा, दोलखा, रामेछाप जस्ता जिल्लाका लागि चर्को प्रतिस्पर्धा छ । रसुवामा डीएसपी केशव भट्टराईको सम्भावना छ । त्यस्तै, दोलखामा युवराज खड्का, ज्ञानकुमार महतो लगायत प्रतिस्पर्धामा छन् ।

त्यस्तै, जाजरकोट, हुम्ला, म्याग्दी, रोल्पा, जुम्ला, तेह्रथुम, ताप्लेजुङ दैलेख,पूर्वी रुकुम, पश्चिम रुकुम, मनाङ, ओखलढुंगा, मुगु, सोलुखुम्बु लगायत जिल्लाका प्रमुख फेरिँदै छन् ।

इप्रका टाँडी, इप्रका चन्द्रनिगाहपुर, इप्रका काँकडभिट्टा, इप्रका इटहरी, इप्रका कोहलपुर, इप्रका लहान, इप्रका धरान लगायतमा कार्यालयमा जान पनि उत्तिकै चलखेल छ । उपत्यकाका सात वटा वृत्तका प्रमुख पनि फेरिँदै छन् ।

जनसेवा, ठिमी, कीर्तिपुर, सातदोबाटो, चापागाउँ, कालीमाटी र थानकोट वृत्तको नेतृत्वका लागि ३० भन्दा धेरै डीएसपीको सिफारिस प्रहरी प्रधान कार्यालय पुगेको छ ।

थोरै पदमा धेरै आकांक्षी हुँदा आईजीपी र गृहमन्त्रीबीच कुरा नमिलेको हो । गृहमन्त्री निकट केही बिचौलियाहरू समेत डीएसपी सरुवामा सक्रिय रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077