Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • वैदेशिक रोजगारमा पठाउने भनी लाखौँ ठगी गर्ने तीनजना प्रहरी फन्दामा

    वैदेशिक रोजगारमा पठाउने भनी लाखौँ ठगी गर्ने तीनजना प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 798
    SHARES

    काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ ठगी गर्ने तीनजना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

    २६ वर्षीय पुरमान भन्ने फरमान हवारीले निरज सेन्चुरी समेत चार जनालाई दुबई जान प्रतिव्यक्ति तीन लाख ५० हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि एक प्रतिष्ठित कम्पनीमा मासिक तलब ७० हजार रुपियाँ हुने भनी पीडितहरूबाट पटक-पटक गरी ११ लाख ६६ हजार रुपियाँ रकम लिई सम्पर्कविहीन बनेका थिए ।



    स्थायी घर बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ८ भई हाल काठमाडौँ बस्ने हवारीलाई कागेश्वरी मनहरा नगरपालिका गोठाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    यस्तै, क्रोएसिया पठाउने भनी आठ लाख रुपियाँ रकम लिई सम्पर्क विहीन भएका ३२ वर्षीय हिराजन पन्त पक्राउ परेका छन् । स्थायी घर तनहुँ ब्यास नगरपालिका – १० भई हाल काठमाडौँ सामाखुसी बस्ने पन्तले समीर आचार्यलाई क्रोएसिया जान नौ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्याकिङको काममा मासिक तलब एक लाख ५० हजार हुने भनी प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।

    यसैगरी, मलेसिया पठाउने भनी दुई लाख दश हजार रुपियाँ लिई सम्पर्क विहीन बनेका ३७ वर्षीय अस्मिता कार्की पक्राउ परेका छन् ।

    प्रहरीका अनुसार स्थायी घर सिन्धुली कमलामाई नगरपालिका – ११ भई हाल काठमाडौँ गोकणेश्वर बस्ने कार्कीले कान्छा बल समेत तीन जनालाई मलेसिया जान प्रतिव्यक्ति तीन लाख ५० हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक तलब ६० हजार रुपियाँ हुन्छ भनी प्रलोभनमा पारेका थिए ।

    उनीहरु तीनै जनालाई अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार