Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विकास निर्माणमा सिंहदरबारको प्रशासन तात्नु पर्नेमा सेलायो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विकास निर्माणलाई तीव्र बनाउन आफूले गरेका प्रयास पूरै सफल नभएको स्वीकार गरेका छन् ।

चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा कार्यक्रममा उनले नीति, कार्यक्रम र बजेटबीच सन्तुलन र समन्वय नमिल्दा परिणाम आउन नसकेको स्वीकारेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रालय तथा अन्य निकायहरूले निर्धारित वार्षिक लक्ष्य र सूचकहरूअनुसार कार्यसम्पादन पूरा गर्नुनपर्ने तथा राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय गर्न हिचकिचाउने प्रवृत्ति बढ्दै जानु राम्रो नभएको पनि उल्लेख गरे ।

उनले राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनबीच एकले अर्कालाई कसरी ढाडस दिन र सहयोग गर्न सकिन्छ भन्ने चुनौती रहेको बताए ।

विकास निर्माणमा सिंहदरबारको प्रशासन तात्नुपर्नेमा सेलाएको महसुस गरेको पनि प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077