Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साताको अन्तिम कारोबार दिन नेप्सेमा २८ अंकको गिरावट

काठमाडौं । सेयर कारोबार साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।

नेप्से परिसूचक २८ दशमलव ६८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव शून्य नौ मा सीमित भएको हो ।

पहिलो कारोबार दिन आइतबार २६.८१ अंकले घटेको नेप्से सोमबार १३.२८ र मंगलबार ९.३४ अंकले बढेको थियो। दुई दिन लगातार बढेको नेप्से बुधबार फेरि ओरालो लागेको थियो। सो दिन नेप्से ०.८७ अंकले घटेको थियो।

सो दिन २ अर्ब ३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। आज नेप्से परिसूचक दोहोरो अंकले घटेपनि कारोबार रकम बुधबारको तुलनामा बढेको छ। यसदिन ३०९ कम्पनीको ७४ लाख ४६ हजार ९९१ कित्ता सेयर २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार २२८ रुपैयाँमा खरिदबिक्री भए।

सेन्सेटिभ इण्डेक्स १.३४ प्रतिशतले घटेर ३५१.६५ विन्दुमा अडिएको छ। बोटलर्स नेपाल (बालाजु )को सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा मनकामना स्मार्ट लघुवित्त वित्तीयको ९.८६,मानुसी लघुवित्त वित्तीयको ३.९८, समाज लघुवित्त वित्तीयको ३.९० र एनएमबी ५० को ३.५९ प्रतिशतले सेयर मूल्य बढेको हो।

दोहोरो अंकले घटेको बजारमा जोशी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा सोनापुर शीर्षस्थानमा रह्यो। सो दिन यो कम्पनीको ११ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यसैगरी जोशी हाइड्रोपावरको १० करोड मूल्य बराबरको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सले ८ करोड,हाथवेले ६ करोड र शिवम् सिमेन्टले ५ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

आज १३ वटै उपसमूहका सूचक नकारात्मक देखिएका छन्। फाइनान्स उपसमूहको सूचक सर्वाधिक ३.२१ प्रतिशतले घट्यो। कारोबारमा आएका कम्पनीमध्ये १७ वटाको मूल्य बढ्दा २२० वटाको घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077