Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • लगानी सम्मेलनलाई मध्यनजर गरी कानुनमा संशोधन गर्छौं : प्रधानमन्त्री प्रचण्ड

    लगानी सम्मेलनलाई मध्यनजर गरी कानुनमा संशोधन गर्छौं : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 546
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लागनी सम्मेलनलाई मध्यनजर गर्दै सरकारले कानूनहरुमा संशोधन गर्ने कार्य अघि बढाएको बताएका छन्।

    सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षामा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले पूर्वाधारसम्बद्ध आयोजना कार्यान्वयनमा देखिएका समस्या हल गर्ने र वन तथा जग्गा प्राप्तिसँग सम्बन्धित समस्यालाई हल गर्ने गरी कानून परिमार्जनलाई प्राथमिकतामा राखिएको बताए।



    प्रधानमन्त्री प्रचण्डले भने,‘सरकारले आगामी वैशाखमा हुन गइरहेको लागनी सम्मेलनलाई समेत मध्यनजर गरी विभिन्न कानूनहरुमा संशोधन गर्ने कार्य अघि बढाइरहेको छ । यसमा अन्य विषयका अलावा पूर्वाधारसम्बद्ध आयोजना कार्यान्वयनमा देखिएका समस्या हल गर्ने र वन तथा जग्गा प्राप्तिसँग सम्बद्ध समस्यालाई हल गर्ने गरी कानून परिमार्जनलाई प्राथमिकतामा राखिएको छ ।’

    प्रधानमन्त्री प्रचण्डले सरकारले सामान्य नतिजामा सन्तोष गर्ने सुविधा नरहेको जिकिर गरे ।

    उनले बृहत् दृष्टिकोण, योजना र उत्कृष्ट कार्यशैलीका साथ सकारात्मक प्रभाव पार्ने र नतिजा हासिल गर्ने गरी दृढताका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

    प्रधानमन्त्री प्रचण्डले मन्त्रालयको नेतृत्व गर्ने सबै मन्त्रीहरु र सचिवहरुले आफ्नो कामको जिम्मेवारीबोध गर्नुपर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार