Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत समाजवादीले महाधिवेशनमा एकमात्रै दस्तावेज प्रस्तुत गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीले महाधिवेशनमा एउटा मात्रै दस्तावेज सर्वसम्मत रुपमा ल्याउने निर्णय गरेको छ।

काठमाडौंमा सम्पन्न दस्तावेज मस्यौदा समितिको बैठकले महाधिवेशनमा समसामयीक राजनीतिक, पार्टीको आन्तरिक लगायतका विषय समेटेर एकमात्रै दस्तावेज प्रस्तुत गर्ने निर्णय गरेको हो।

मस्यौदा समितिको बैठकपछि पार्टीभित्र कुनै पनि अलग-अलग सोच नरहेको र सबैको भावनालाई समेटेर महाधिवेशनमा प्रस्ताव प्रस्तुत हुने प्रवक्ता जगनान्थ खतिवडाले बताए।

महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजलाई अन्तिम रुप दिनका लागि विभिन्न समूह बनाएर छलफल हुने प्रवक्ता खतिवडाको भनाई छ ।

दस्तावेजमा समाजवादी क्रान्तिको बाटोमा जानका लागि हुने चूनौति,रुपरेखा लगायतका विषय समेटिने नेकपा एकीकृत समाजवादीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077