काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती कर्मचारी विधेयकलाई अन्तिम रुप दिएर संसदमा लैजाने तयारी भइरहेको बताएका छन्।
नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन समीक्षा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले संघ, प्रदेश र स्थानीय तहको अधिकार र कार्यक्षेत्रमा रहेको द्विविधा र अस्पष्टतालाई सम्बोधन गर्ने गरी कार्यविस्तृतिकरण परिमार्जनलाई टुंगो लगाउन निर्देशन दिए।
२१ भदौको मन्त्रिपरिषद् बैठकले संघीय निजामती विधेयक पारित गरेको थियो, तर अहिलेसम्म संसदमा दर्ता भएको छैन ।
Leave a Reply