Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

व्यापारीहरुलाई रवि लामिछानेले भने - दशैंमा नेता र कर्मचारीका घरमा रक्सी पुर्‍याउने काम बन्द गर्नू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले व्यापारीहरुलाई  दशैं–तिहारमा नेता र कर्मचारीका घरमा रक्सी पुर्‍याउने काम बन्द गर्न आग्रह गरेका छन्।

बिहीवार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले व्यापारीले राज्यलाई कर तिरेपनि उनीहरू नेतासँगको सम्बन्धका कारण सम्मानित बन्न नसकेको बताए ।

सभापति लामिछानेले भने,‘विश्वमा अन्य देशमा ट्याक्सपेयरलाई सम्मानित नागरिकको रुपमा हेरिन्छ । तर नेपालमा नेतासँगको कनेक्सनका कारण व्यापारीलाई शंकाले हेरिन्छ । तपाईंहरूले दशैं–तिहारमा नेता–कर्मचारीको घरमा उपहार लैजान छाड्नु पर्‍यो । यो विषयमा खुलेर डिस्कस नगरे निजी क्षेत्रले मुक्ति पाउँदैन।’

सभापति लामिछानेले व्यापारीले नेता र कर्मचारीको घरमा उपहार पुर्‍याउने काम रोक्नु पर्ने बताए।

सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभागका अधिकारीलाई बोलाइएको बैठकमा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाका प्रमुखलाई पनि बोलाइएको थियो।

सभापति लामिछानेले सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत लगेपछि दुवै निकायको उपादेयता समाप्त भएको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077