Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • निलम्बनमा परेका १४ मेनपावर कम्पनीको निलम्बन फुकुवा, आर्थिक चलखेलको आशंका

    निलम्बनमा परेका १४ मेनपावर कम्पनीको निलम्बन फुकुवा, आर्थिक चलखेलको आशंका

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 453
    SHARES

    काठमाडौं । जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको नक्कली प्रमाणपत्र पेस गर्ने १४ मेनपावर कम्पनीको निलम्बन फुकुवा भएको छ।

    वैदेशिक रोजगार विभागले बनाएको ३ सदस्सीय छानबिन समितिले पक्षपात गरेको निष्कर्ष निकाल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको निर्देशनमा गत मंसिरको दोस्रो सातामा निलम्बन फुकुवा गरिए तापनि यसलाई गोप्य राखिएको थियो ।



    मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले अनुसन्धानका क्रममा रहेका २३ मेनपावर कम्पनीमध्ये अन्य ९ कम्पनीलाई निलम्बन नगरी अनुसन्धान गरिएको र १४ कम्पनीलाई मात्र निलम्बन गरी कारबाही गरिएको हुनाले फुकुवा गरिएको बताए ।



    उनले निलम्बन भए पनि समितिको छानविन जारी रहेको बताए । उनका अनुसार विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीको संयोजकत्वमा रहेको समितिले अनुसन्धान गरिरहेको छ ।

    वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक मदन दाहालले गत असोज १५ मा १४ वटा मेनपावर कम्पनीलाई निलम्बन गरेका थिए । निलम्बनको विरुद्धमा ती मेनपावर कम्पनीले मन्त्रालयमा निवेदन दिएपछि श्रममन्त्रीले यस्तो निर्णय गरेका हुन् ।

    विभागले गरेको निर्णयका विरूद्धमा श्रम मन्त्रालयमा निवेदन गर्न पाउने कानुनी व्यवस्था छ। तत्कालीन महानिर्देशक दाहालसमक्ष जापानमा कामदार पठाउने २३ वटा कम्पनीले नक्कली सर्टिफिकेट पेस गरेर कामदार जापान पठाएको भन्दै उजुरी परेको थियो । त्यसपछि दाहालले निर्देशक उप्रेतीलाई उनीहरूमाथि छानबिन गर्न निर्देशन दिएका थिए ।

    छानबिनको क्रममा १४ वटा मेनपावर कम्पनीले नक्कली प्रमाणपत्र पेस गरेर कामदार पठाएको पाइएको भन्दै निर्देशक उप्रेतीले ती कम्पनीविरुद्ध कारबाही गर्न सिफारिस गरेको थियो । नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार