Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादी केन्द्रमा ‘परिवारवाद’ हावी

काठमाडौं । नेताहरूको जिम्मेवारी बाँडफाँटमा ‘परिवारवाद’ हावी भएको भन्दै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीमा फरक मत राखेका छन्। स्थायी कमिटी बैठकले पार्टी विधानविपरीत नेताहरूको जिम्मेवार तोकेको भन्दै शर्माले लिखित रूपमै फरक मत राखेका हुन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विधि र नीति मिच्दै भाइ नारायण दाहाल र बुहारी बिना मगरलाई पार्टीको जिम्मेवारी दिएको उपमहासचिव शर्माको आरोप छ।

‘जनप्रतिनिधिहरू पार्टीको इञ्चार्ज नरहने नीति म लगायतका कमरेडहरूलाई लागू गरेको भने पनि नारायण दाहाललाई बागमती प्रदेशको सहइञ्चार्ज बनाउने निर्णयले के उद्देश्य रहेको छ भन्ने स्पष्ट गरेको छ,’ शर्माले फरक मतमा भनेका छन्, ‘कार्य विभाजन गर्दा पार्टी निर्माण गर्ने संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राख्नुको सट्टा कतिपय प्रदेशहरूमा कार्यविभाजन गर्दा स्थायी समितिका सदस्यलाई समेत बेवास्ता गरी विधिविपरीत आफ्नो अनुकूलतामा गरिएको निर्णयप्रति असहमति जाहेर गर्दछु।’

उपमहासचिव शर्माले सुदूरपश्चिमका नेता खगराज भट्टलाई अपमानित गरिएको भन्दै तीव्र असन्तुष्टि जनाएका छन्। भट्टलाई सुदूरपश्चिम संसदीय दलको नेता र इञ्चार्ज दुवै पदबाट हटाइएको छ।

स्थायी समिति बैठकले भट्टलाई दलको नेताबाट हटाउने सुदूरपश्चिम प्रदेशको संसदीय दलका बहुमत सदस्यको निर्णयलाई सदर गरेको हो । अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077