Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • मिटरब्याज पीडितहरूको समस्या अदालती प्रक्रियाबाट समाधान गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    मिटरब्याज पीडितहरूको समस्या अदालती प्रक्रियाबाट समाधान गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 642
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितहरूको समस्या अदालती प्रक्रियाबाट समाधान गर्नुपर्ने भएकाले सरकारले अदालतसँग समन्वय गरिरहेको बताएका छन् ।

    राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    टाठाबाठाहरूले पीडितलाई कपाली तमसुक बनाएर ऋण दिएको, बैंकको कागजातसमेत बनाएर ऋण दिएको देखिएको बताए ।



    बैंकिङ कागजातसमेत बनाएर ऋण दिएको देखिएको भन्दै उनले अदालत जाँदा पीडकहरूकै पक्षमा फैसला हुनसक्ने अवस्था रहेको बताए ।

    यो समस्याको समाधान गर्न सरकार र अदालत मिल्नुपर्ने अवस्था रहेकाले अदालतसँग समन्वय भइरहेको प्रचण्डको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार