Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • कर्मचारीवृत्तमा काम नगर्ने प्रवृत्ति बढ्यो : प्रधानमन्त्री प्रचण्ड

    कर्मचारीवृत्तमा काम नगर्ने प्रवृत्ति बढ्यो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 609
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीवृत्तमा काम नगर्ने प्रवृत्ति बढेको बताएका छन् ।

    राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले कतिपय अवस्थामा कर्मचारीहरुले निर्णय लिन हिच्किचाउने स्थिति देखा परेको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘निर्णय ग¥यो भने जोखिममा परिने हो कि भन्ने चिन्ता र भय कर्मचारीमा अलि बढेको छ । बरु काम नगरेपछि त खतरा भएन भनेर काम नगर्ने विशेषतः सही नगर्ने प्रवृत्ति बढेको छ । यो प्रति सरकार गम्भीर भएको छ ।’

    सरकारले यस्तो समस्यालाई समाधान गर्न प्रयास गरिरहेको प्रधानमन्त्री प्रचण्डले बताए।

    उनले आफूले सरकारको नेतृत्व गरेदेखि नै सकेसम्म छिटो संघीय निजामती ऐन ल्याउने र प्रदशेलाई बलियो बनाउने भन्ने रहेको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार