Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – ईपीजीको प्रतिवेदन सार्वजनिक गर्न गृहकार्य भइरहेको छ

    प्रधानमन्त्री प्रचण्डले भने – ईपीजीको प्रतिवेदन सार्वजनिक गर्न गृहकार्य भइरहेको छ

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 435
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदन दुवै देशले संयुक्त रूपमा बुझ्नका लागि कूटनीतिक गृहकार्य चलिरहेको बताएका छन्।

    राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भारत सरकारले एकैपटक उक्त प्रतिवेदन बुझ्न नमानेको अवस्थामा नेपाल सरकारले निर्णय लिनुपर्ने अवस्था आउनसक्ने बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘ईपीजी सहमतिबाट गठन भएको र प्रतिवेदन तयार भएको हुनाले दुबै सरकारले एकैचोटी सहमतिबाट नै त्यो बुझ्ने र घोषणा गर्ने गर्दा राम्रो हुन्छ भनेर आन्तरिक गृहकार्य चलिरहेको छ।’



    प्रधानमन्त्री प्रचण्डले त्यो हुनै सकेन भने नेपालले निर्णय लिनुपर्ने अवस्था आउने बताए ।

    नेपाल र भारतबीच सीमा लगायतका विभिन्न समस्या पहिचान गरी समाधानको उपाय पत्ता लगाउन दुबै देशका सरकारको सहमतिमा नेपाल भारत प्रवुद्ध व्यक्ति समूह गठन गरिएको थियो ।

    दुबै देशका ४/४ जना प्रवुद्ध व्यक्ति सहभागी ईपीजीले प्रतिवेदन तयार पारे पनि सार्वजनिक भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार