काठमाडौं । नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ।
नेपालले ६५ रन बनाउँदा दोस्रो विकेट गुमाएको हो ।
ओपनिङ ब्याटर आसिफ शेख दोस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ६५ रनको साझेदारी गरेर आउट भएका हुन्।
नवौं ओभरमा आउट भएका उनले २३ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३४ रन जोडे।
त्यसअघि अर्का ओपनर कुशल भुर्तेल चौथो बलमै शून्यमा आउट भएका थिए।
Leave a Reply