Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादीको स्थायी कमिटी बैठक आज पनि, मंगलबार छलफल भएका विषयमा निर्णय हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने तयारी छ ।

हिजोको स्थायी कमिटी बैठकमा नेताहरूले राष्ट्रियसभा अध्यक्ष पद पार्टीले छोड्न नहुने धारणा राखेका थिए ।

बैठकमा अधिकांश नेताहरूले राष्ट्रियसभा निर्वाचनबारे आ–आफनो मत राख्दै अध्यक्ष पद भने पार्टीले छाड्न नहुने बताएका थिए ।

राष्ट्रियसभा अध्यक्ष नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला हुने चर्चा चलिरहेका बेला माओवादी केन्द्रका नेताहरूको यस्तो धारणा आएको हो ।

हिजोको बैठकमा राष्ट्रियसभाको अध्यक्ष, पार्टी नेताहरूको कार्य विभाजन, भावी योजनालगायत विषयमा छलफल भए पनि निर्णयमा पुग्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077