Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • राष्ट्रिय सभा अध्यक्षमा कांग्रेस-माओवादी किचलोको संकेत

    राष्ट्रिय सभा अध्यक्षमा कांग्रेस-माओवादी किचलोको संकेत

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 807
    SHARES

    काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षका लागि सत्ता गठबन्धनकै मुख्य दलहरु नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीच किचलो हुने संकेत देखिएको छ ।

    निर्वाचनपूर्व भएको सहमतिलाई उल्ट्याउँदै माओवादी केन्द्रका नेताहरु पार्टी स्थायी समितिको बैठकमै कांग्रेसलाई अध्यक्ष छाड्न नसकिने विषय जोडतोडका साथ उठाएसँगै उक्त पदमा गठबन्धनभित्रै किचलो हुने संकेत देखिएको हो ।



    माओवादी केन्द्रको मंगलबार बसेको स्थायी समिति बैठकमा नेताहरुले माओवादीले राष्ट्रिय सभाको अध्यक्ष छाड्न नहुनेमा जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।



    उनले भने– ‘हाम्रो पार्टीका तर्फबाट राष्ट्रिय सभा अध्यक्षको अडान लिनुपर्छ भन्ने अधिकांश स्थायी समिति सदस्यहरूको भनाइ आएको छ। अधिकांश नेताहरुले राष्ट्रिय सभाको अध्यक्ष अरुलाई दिँदा प्रधानमन्त्री छाडेसँगै हाम्रो पार्टी राज्यका कुनै संयन्त्रमा नहुने अवस्थालाई ध्यानमा राख्दै अध्यक्ष छोड्न हुन्न भन्ने मत राख्नुभएको छ ।’

    पार्टी बैठकमै नेताहरुले यस्तो कुरा उठाएपछि शीर्ष तहमा भएको पूर्वसहमति कार्यान्वयनमा संशय देखिएको कतिपय कार्यकर्ताको भनाइ छ।

    निर्वाचन अघि गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई अघि सार्ने मोटामोटी सहमति भएको कांग्रेसका नेताहरुको दाबी छ।

    तर पूर्वसहमतिमा गठबन्धनका नेताको बोली फेरिएसँगै कार्यान्वयनमा किचलो बढ्ने संकेत देखिए पनि अन्त्यमा शीर्ष तहमा सहमति हुने कांग्रेसका सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार