Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • वरिष्ठ संगीतकार आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि

    वरिष्ठ संगीतकार आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 942
    SHARES

    काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

    गायक समेत रहेका छोराद्वय सत्यराज र स्वरुपराजले उनको पार्थिव शरीरमा दागबत्ती दिएका हुन्।



    अन्तिम संस्कारअघि आर्यघाटमा पुगेका संगीतकर्मीले आचार्यको सम्मानमा उभिएर उनको कालजयी र चर्चित गीत ‘जहाँ छन् बुद्धका आँखा’ गाएका थिए ।



    उनको अन्तिम बिदाइमा आर्यघाटमा संगीतकर्मीदेखि उनका प्रशंसकको बाक्लो उपस्थिति थियो ।

    त्यसअघि आचार्यको पार्थिव शरीरलाई सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, संस्कृतिमन्त्री सुदन किराती लगायतले आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार