काठमाडौं । गायक तथा संगीतकार स्वर्गीय भक्तराज आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ ।
आचार्यको पार्थिव शरीर मंगलबार बिहान ९ बजे प्रतिष्ठानाको प्रांगणमा राखिन लागिएको हो ।
यस क्रममा स्व.आचार्यको सम्मानमा संगीतकर्मीले उनका गीत गाउनेछन् । दिउँसो १ बजेपछि अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा लगिनेछ।
त्यसपछि अपरा्हन अन्तिम संस्कारका लागि पशुपतिस्थित आर्यघाट लगिनेछ र, दाहसंस्कार गरिनेछ।
८१ वर्षको उमेरमा सोमबार उनको निधन भएको थियो ।
Leave a Reply