Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • डीएसपी केसीलाई निलम्बन गर्न सिफारिस

    डीएसपी केसीलाई निलम्बन गर्न सिफारिस

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सशस्त्र प्रहरीका नायव उपरीक्षक (डीएसपी) तुलसिंह केसीलाई निलम्बन गर्न गृह मन्त्रालयलाई सिफारिस गरिएको छ ।

    सशस्त्र प्रहरी बल मुख्यालय हलचोकले संगठनको आचरणविरुद्ध कार्य गरेको भन्दै डीएसपी केसीलाई निलम्बन गर्न सिफारिस गरेको हो ।



    चार नम्बर बाहिनी पोखरामा कार्यरत केसी फागुन ५ मा स्वयभूस्थित न्यू इभन पोइन्ट रेष्टुरेन्टमा खाजा खान पुगेकी एक युवतीको गोप्य भिडियो खिचेको आरोपमा पक्राउ परेका थिए ।



    मुलुकी अपराध संहिताको दफा १२१ अनुसारको कसुरअनुसार उनीविरुद्ध आइतबार मुद्दा दायर भएको थियो । तर जिल्ला अदालत काठमाडौंका न्यायाधीश हिमलाल बेल्बासेको इजलाशले डिएसपी केसीलाई २५ हजार धरौटीमा छाड्ने आदेश दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार