Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अर्थ र कृषिमन्त्रीलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन - किसानहरूको दुधको भुक्तानी तुरुन्तै दिनू

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दूग्ध विकास संस्थानले दूध खरिद गरेवापत किसानहरूलाई दिनुपर्ने भुक्तानी तुरून्त दिन निर्देशन दिएका छन् ।

सोमबार दिउँसो सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई बोलाएर प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानहरूले पाउनुपर्ने भुक्तानी तुरून्त असुली गर्न र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

'किसानहरूले महिनौंसम्म दूधको भुक्तानी नपाउनुको कारण के हो ? यसलाई गम्भीरतापूर्वक लिनुस्,' प्रधानमन्त्रीले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077