Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तीनजना नक्कली स्वास्थ्यकर्मी पक्राउ

रौतहट । रौतहटको एक निजी अस्पतालबाट तीनजना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

जिल्लाको यमुनामाई गाउपालिका १ सुकदेव चौकमा स्थित सगरमाथा तराई हस्पिटल प्रा.लिमा कार्यरत तीन जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य जिल्ला पुर्वी चम्पारण थाना ढाका वडा नं १४ खैरवा बस्ने ४५ को हसिंन अख्तर, भारत बिहार राज्य जिल्ला पुर्वी चम्पारण थाना सिकारगंज वडा नं ३ वटोआ बस्ने २७ को मो. तबरेज आलम र यमुनामाई गापा वडा नं. २ भेडियाहीटोल बस्ने २७ को कलाम मन्सुरी रहेका छन् ।

निर्धारित शैक्षिक योग्यता प्राप्त नगरेका र ईलाज गर्ने अनुमतिपत्र प्राप्त नगरेका व्यक्तिहरुलाई राखी विरामीहरुको एपेन्डिस, पायल्स, युट्रेस लगायतका अपरेसन हुँदै आएको सुचनाको आधारमा ती नक्कली डाक्टर पक्राउ परेको रौतहट प्रहरीले जनाएको छ ।

उनीहरुमाथि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077